Media Network

युरोपका ४४ देशमा एकसाथ ‘प्रेमगन्ज’ प्रदर्शन हुँदै


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौँ। चलचित्र प्रेमगन्ज युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म प्रेमगन्जलाई जर्मनी अवस्थित लाेकह फिल्म इन्टरटेन्मेन्टले युरोपमा प्नदर्शन गर्दै छ। 

चलचित्र प्रेमगन्ज विदेशी फिल्मसरह विदेशी दर्शकमाझ थिएटरमै प्रदर्शन हुने भएको छ ।  जर्मनको प्रतिष्ठित फिल्म वितरक कम्पनीले प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन गर्न लागेको हो । यसरी अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म प्रदर्शन गर्न लागेको नेपाली इतिहासमै पहिलो पटक भएको दाबी गर्छन् 'निर्देशक परिच्छेद सेन'।

अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ,’  निर्देशक परिच्छेद सेनले भने ।भारतमा पनि रिलिजको लागि पीभीआर कम्पनीसँग कुरा भइरहेको समेत उनले सुनाए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद