Media Network

आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

२३ कार्तिक २०७९,बुधबार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे सो कुराको जानकारी दिएको हो । 

आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ८८ अर्ब र चौंथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैंयाँ समेत गरी कुल दुई खर्ब ५६ अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको छ । यसको लागि टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सहितका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी राष्ट्र बैंकको रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद