Media Network

आइएमई पेबाट राष्ट्रिय उडानको रिफन्डेबल टिकट काट्न सकिने


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७९,बिहीबार

काठमाडौँ।आइएमई पेबाट श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयर र यती एयरलाइन्सको राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सकिने भएको छ।

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ’आइएमई पे’ ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत उक्त टिकट परिवर्तन गर्न सकिने भएको हो।

पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीहरू यस फिचरको प्रयोग गर्ने उद्देश्यले आइएमई पे सँग जोडिने प्रकृया सुरू भएको छ। 

यसै क्रममा आइएमई पेमार्फत् श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरू अब ग्राहकहरूले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्नेछन्।

ग्राहकहरुले आइएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्ने बताइएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद