Media Network

आइएमईको “७ मा ७” अफर” सार्वजनिक


खबरस्टोरी संवाददाता

५ बैशाख २०८०,मंगलवार

काठमाडौं।आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद सात हजार रुपैंयाँ प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमा रहनुभएका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।  

आइएमई लिमिटेडका बारेमाः–

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको २१ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी दुई सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद