Media Network

आईएमई पे एप अब नेपाली भाषामा


खबरस्टोरी संवाददाता

१८ पुष २०७९,सोमबार

काठमाडौं।आईएमई पे एप अब देखि नेपाली भाषामा पनि अद्यावधिक हुने भएको छ । बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनताहरुलाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आईएमई पेलेकसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ यो विशेष सेवा थप गरेको कम्पनीले जानकारी दिएको छ । 

यो सँगसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आईएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आम सेवाग्राहीहरूका लागि सार्वजनिक गरिएको यस फिचरको लागि प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एप स्टोरमा गएर आईएमई पे एप छ भने एप अपडेटर छैन भने डाउनलोड गर्नु पर्ने हुन्छ । पुरानो प्रयोगकर्ताहरुले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गइ दाँयापट्टि रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्नेछन् । नयाँ प्रयोगकर्ताहरुले एप डाउनलोड गरे लगत्तै सो फिचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसपश्चात् प्रयोगकर्ताहरुले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पेमार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्नेछन् । 

विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, केवल मोबाइल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनै पनि सेवा वा सुविधाको भुक्तानी गर्नको साथै प्रयोगकर्ताहरुले एपमा रहेको रकममा सात दशमलव १३ प्रतिशत ब्याज कमाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आईएमई पे एपमा उपलब्ध छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद