Media Network

आईपीओको १० कित्ते नीति हटाउँदै धितोपत्र बोर्ड


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ते नीति पुनरावलोकन गर्ने भएको छ । मंसिर २२ गते शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले आईपीओको १० कित्ते नीति पुनरावलोकनका लागि अध्ययन कार्यदल गठन गरेको हो ।

बोर्ड बैठकले बोर्ड सञ्चालक समिति सदस्य प्रविन कुमार झाको नेतृत्वमा अध्ययन समिति बनाएको हो । समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १० कित्ते आरक्षण नीतिमाथि पुनरावलोकन हुनेछ । बोर्ड अध्यक्ष हमालले कार्यभार सम्हालेदेखि नै आईपीओको १० कित्ते नीति पुनरावलोकन हुनुपर्ने बताउँदै आएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद