Media Network

आईसीएसआईडीद्वारा आजियाटा र एनसेलले नेपालविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ, के भयो निर्णय ?


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (“कारोबार”) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदनका सम्बन्धमा इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (“आईसीएसआईडी”) ले आफ्नो निर्णय गरेको छ ।

आईसीएसआईडी आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय गरेको हो । उक्त कुराको पुष्टि आजियाटा गु्रप बरहाद (“आजियाटा”) ले गरेको छ ।

आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (“आजियाटा यूके”) र एनसेल आजियाटा लिमिटेड (“एनसेल”) ले ग्रेट ब्रिटेन तथा उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फाल्गुन १९, २०४९ (“बीआईटी मध्यस्थता”) मा भएको द्विपक्षीय लगानी प्रवद्र्घन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (“नेपाल”) को विरुद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत शेयर अप्रत्यक्ष रुपमा अधिग्रहण (“कारोबार”) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन निवेदन दिएको थियो ।

दुई दिन अघि आईसीएसआईडीले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको हो ।

आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले २०८० जेठ २६ मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय गरेको छ । न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको छ ।

मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको छ । यस्तो रकममा आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्ने समेत गरि करिब १४ लाख अमेरिकी डलर रहेको छ । यो निर्णय अनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी नरहेको देखाउँछ ।

आजियाटाले न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दै र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको जनाएको छ । यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिने पनि आजियटाले जनाएको छ । त्यसैगरी आजियाटाले आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै नेपाल सरकारसँग सदा झै रचनात्मक रुपमा संलग्न रहने पनि जनाएको छ ।

आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उलेख्ख योगदानहरु पुर्याएको छ । देशको एक ठूलो करदाताका रुपमा एनसेलले स्थापना देखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर तथा विविध शुल्कहरु बापत रु २ खर्ब ८३ अर्ब योगदान गरेको छ । एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ हजार भन्दा बढिलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाख भन्दा बढि ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ ।

आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनाहरुमा १ अर्ब ७५ करोड भन्दा बढि लगानी गरिसकेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद