Media Network

आज सेयर कारोबार बन्द


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार बन्द हुनेछ । संविधान दिवस परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक ३३।९७ अंक घटेर १८७६ बिन्दुमा कायम थियो । जसमा कुल एक अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद