Media Network

आन्तरिक उडानतर्फ ५० औं दुर्घटना, हालसम्म ९ सय १९ जनाले गुमाए ज्यान


खबरस्टोरी संवाददाता

२ माघ २०७९,सोमबार

काठमाडौं । नेपालमा हवाई दुर्घटनाबाट ९ सय बढी मानिसले ज्यान गुमाएका छन् ।आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाले ज्यान गुमाएसँगै नेपालमा ९ सय १९ जनाको हवाई दुर्घटनाबाट मृत्यु भएको हो ।

आइतबार चालकदलका सदस्यसहित ७२ जना सवार विमान अवतरण गर्ने क्रममा सेती नदीको खोचमा खसेको थियो । जसमा ६९ जनाको शव भेटिएको छ भने तीन जना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।

यतीको विमान दुर्घटनासँगै नेपालको हवाई इतिहासमा १०४ वटा हवाई दुर्घटना भएका छन् । जसबाट ९ सय १९ जनाको मृत्यु भइसकेको हो । तीन जना अझै वेपत्ता छन् तर उनीहरु जीवित भेटिने सम्भावना कम छ ।

आन्तरिक उडानतर्फ पोखरामा भएको ५० औं दुर्घटना हो । नेपालमा पहिलोपटक २०१२ वैशाखमा सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद