Media Network

आर्थिक मन्दीले पर्साका १७७ उद्योग बन्द


खबरस्टोरी संवाददाता

२७ मंसिर २०८०,बुधबार

वीरगञ्ज । आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत कट्टा गराएका छन् ।
आव २०७८/७९ मा पर्सामा १५२ उद्योगले लगत कट्टा गरिएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगहरुको धमाधम बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले बताए ।
घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७९÷८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएका थिएभने आव २०७८/८९ मा एक हजार ४८० उद्योग दर्ता भएका थिए । आव २०७९÷८० मा एक हजार २७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजीवृद्धि, ३३ वटाको ठाउँसारी र ८४ वटाको नामसारी भएको सो कार्यालय जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा १ करोड ६ लाख ३९ हजार २५० राजस्व सङ्कलन भएको थियो । उक्त आवमा चार हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहले  बताए ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद