Media Network

बैंकहरुलाई आयात रोक लगाएका वस्तुहरुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौँ। सरकारले आयात रोक लगाएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आइतबार एकीकृत परिपत्र ०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

विदेशी मुद्रा सञ्चितिमा अपेक्षित सुधार नभएको भन्दै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसीमाथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलरमाथिका स्मार्टफोन आयातमा मंसरि अन्तिमस्म्म रोक लगाउँदै आएको छ ।

पछिल्लो समय गत शुक्रबार ती वस्तुको आयात थप २ महिनाका लागि रोक्का गर्ने निर्णय सरकारले गरेको छ । सोही निर्णयका आधारमा ती वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो । ‘नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र खण्ड ७२ को सूचना बमोजिम केही वस्तुको पैठारीमा पूर्ण बन्देज लगाइएकाले सोही सूचना बमोजिम गर्नुरगराउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
उल्लिखित वस्तुको आयातमा प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले थप दुई महिनाका लागि प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद