Media Network

अब ६० हजार अमेरिकी डलरसम्मको वस्तु आयात गर्न सकिने


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

काठमाडौं । अब एक पटकमा अधिकतम ६० हजार अमेरिकी डलरसम्मको माल सामान आयात गर्न सकिने भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७९ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । योसंगै अब व्यापारीहरुले ६० हजार अमेरिकी डलर रुपैयाँ बराबरको वस्तु आयात गर्न पाउनेछन् । राष्ट्र बैंकले यसअघि भने एक पटकमा ५० हजार डलरसम्मको वस्तु आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ,–‘एक पटकमा अधिकतम अमेरिकी डलर ६० हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिने छ ।’

तर, भारतबाट आयातको हकमा भने यस्तो सीमा भारु ३ करोडसम्मको हुने राष्ट्र बैंकले जनाएको छ । प्राप्त गरेपश्चात् पुनः सोही निर्यातकर्ताबाट अर्को शीपमेन्टको वस्तु आयातको लागि सहटी सुविधा प्राप्त गर्न अघिल्लो पटक सटही सुविधा प्राप्त गरी आयात भएको ७ दिन व्यतीत भएपश्चात् मात्र पुनः सटही सुविधा प्राप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

‘आयात भएको प्रमाणको रुपमा भन्सार कार्यालयले प्रमाणित गरेको वि.वि.नि.फारम, भन्सार प्रज्ञापनपत्र तथा भन्सार राजस्व भुक्तानी भएको रसिद सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पेश गर्नु, अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताको हकमा कागजातको अतिरिक्त ७ दिन व्यतीत भएको सम्बन्धी स्वःघोषणा समेत सम्बन्धित आयातकर्ताले पेश गर्न पर्नेछ ’– परिपत्रमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद