Media Network

अबबाट बिनाधितो ‘वर्किङ क्यापिटल लोन’ पाइने


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौ । अबबाट कुनै पनि सम्पत्ती धितो बिना नै कम्पनी सञ्चालन गर्न कर्जा पाइने भएको छ । 

व्यावसायक फर्म, संस्था वा कम्पनीले सम्पत्ती धितो नराखी छोटो अवधिका लागि चालू पुँजी कर्जा(वर्किङ क्यापिटल लोन) लिन पाइने भएको हो । तर त्यस्ता संस्थाले वार्षिक कारोबारमा आधामार मात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्नेछन् ।

राष्ट्र बैंकले हालै जारी गरेको ‘चालू पुँजी कर्जासम्बन्धी मार्ग दर्शन, २०७९’ मा २ करोडसम्मको चालू पुँजी कर्जामा फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.२ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने उल्लेख छ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले उद्यम व्यवसायको सबै पक्षको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा भने कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्।उक्त मार्गदर्शन आगामी कात्तिक १ देखि लागू हुनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद