Media Network

ऐन विपरित विदेशी लेखापरिक्षकबाट अडिट गराउन आईएमएफको दबाबमा राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौ । राष्ट्र बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मबाट गराउनुपर्ने मागसहित आईएमएफले एक्टेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) अन्तर्गतको दोस्रो किस्ता रोकेको छ । 

राष्ट्र बैंकको लेखापरीक्षण हाल महालेखा परीक्षकको कार्यालयले गर्दै आएको छ ।आईएमएफले सन् २०२१ डिसेम्बर २२ मा पहिलो किस्ता ११० मिलियन दिएको थियो । सम्झौता अनुसार पाउनुपर्ने दोस्रो किस्ता बापत ३९.२ मिलियन डलर नेपालले पाउनुपर्ने भएपनि आईएमएफले राष्ट्र बैकको आफूले भनेअनुसार लेखापरीक्षण नभएको भन्दै रोक्का गरेको हो  ।

विदेशी विनिमय भित्र्याउने नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने माग आईएमएफले राख्नु महालेखा परीक्षकको अडिटप्रतिको अविश्वास हो ।

यता ऋण नै रोक्का भएपछि सरकारले नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन आवश्यक तयारीमा नेपाल राष्ट्र बैंक जु्टेको छ ।यहाँ आईएमएफले भने अनुसार गर्न कानुनी झमेला देखिन्छ जसअनुसार नेपाली अडिट ऐनमा भने नेपाली स्वामित्वका संस्थाहरुले मात्र अडिट गर्न पाउने व्यवस्था गरेको छ । सो व्यवस्थामा नेपाल बाहेक विदेशी फर्महरुले अडिट गर्न नपाउने कुरा उल्लेखित छ ।


आईएमएफको दबाब झेलेको राष्ट्र बैंकले भने उक्त नियमावली संशोधन गरेरै भएपनि बाह्य फर्मलाई अडिटको जिम्मा दिने तयारी गरेको छ । बाह्य फर्मलाई अडिटको लागि स्वीकृति दिनु नेपाली फर्म तथा संस्थाहरु माथिको अविश्वास र बंैकभित्रको आपसी चलखेल हुनसक्ने विश्लेषकहरु बताँउछन् । 

अडिट (लेखापरिक्षण ) ऐनमा के छ ?

६. नेपाल सरकारको पूर्ण स्वामित्व भएको संगठित संस्थाको लेखापरीक्षण :

(१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारको पूर्ण स्वामित्व

भएको संगठित संस्थाको लेखापरीक्षण यस ऐनबमोजिम महालेखा परीक्षकद्वारा हुनेछ ।

(२) उपदफा (१) बमोजिम नेपाल सरकारको पूर्ण स्वामित्व भएका संगठित संस्थाको लेखापरीक्षण

गर्न महालेखा परीक्षकले नभ्याउने भएमा प्रचलित कानुनबमोजिम प्रमाणपत्र प्राप्त

लेखापरीक्षकहरुलाई महालेखापरीक्षकले सहायकको रूपमा नियुक्त गर्न सक्नेछ ।

यसरी सहायकको रूपमा लेखापरीक्षकहरू नियुक्त गर्दा नेपाली नागरिकलाई प्राथमिकता दिनु

पर्नेछ ।

(३) उपदफा (२) बमोजिम नियुक्त गरिएका लेखापरीक्षकहरूले महालेखा परीक्षकको निर्देशन, रेखदेख

र नियन्त्रणमा रही काम गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम सहायकको रूपमा नियुक्त भएका लेखापरीक्षकको काम, कर्तव्य, अधिकार

र दायित्व तथा निजहरूले लेखापरीक्षण गर्दा अपनाउनु पर्ने प्रक्रिया एवं प्रतिवेदन पेश

गर्ने सम्बन्धी व्यवस्था महालेखा परीक्षकले तोकिदिएबमोजिम हुनेछ ।

(५) उपदफा (२) बमोजिम नियुक्त लेखापरीक्षकले सम्बन्धित संस्थाबाट पाउने पारिश्रमिक

त्यस्तो संस्थाको आर्थिक कारोबार लेखाको अवस्था, शाखा, उपशाखाको संख्या, कार्य बोझ तथा

कार्य प्रगति समेतको विचार गरी महालेखा परीक्षकले तोकिदिएबमोजिम हुनेछ । 

आईएमएफले ईसीएफ अन्तर्गत नेपाललाई ३९८.८ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।सात किस्तामा यो रकम नेपालले पाउनेछ । यो निर्ब्याजी दिने गरी सम्झौता भएको थियो । यसको ग्रेस पिरियड ५ वर्ष राखिएको छ । कुल १० वर्ष भुक्तानी अवधि हुन्छ । सन २०२३ सम्म सबै किस्ता आइसक्नुपर्नेछ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद