Media Network

५६ अंकले बढ्दा दुई अर्ब ५६ करोड रुपैंयाँको सेयर कारोबार


खबरस्टोरी संवाददाता

१४ पुष २०७९,बिहीबार

काठमाडौं।नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव तीन अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ९८ अंकले बढेर तीन सय ९१ दशमलव ३१ अंकमा चढ्न सफल भएको छ । 

आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ४५ हजार नौं सय ४४ पटकको कारोबारमा ८० लाख २४ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८६ करोड तीन लाख ४५ हजार सात सय ८१ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये बाँणिज्य बैंंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन सहितका १३ वटै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । 

आज हिमालयन ऊर्जा बिकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने नेपाल बैंक ऋणपत्र २०८७, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक, नबिल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद