Media Network

५ अंकले बढ्यो नेप्से


खबरस्टोरी संवाददाता

११ भाद्र २०८०,सोमबार

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज नेप्से ५.०९ अंकले बढेको छ। बजार परिसुचक १९९८.४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आज जलविद्युत समूह, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य सब इन्डेक्स घटेको छ ।यी बाहेका अन्य समूह भने वृद्धि भएको छ।आज बैंकिङ्ग समूह ६.६१ अंक, विकास बैंक २६.३०, फाइनान्स २.२२, होटेल तथा पर्यटन ४५.२३ अंकले वृद्धि भएको छ। यस्तै, लगानी समूह ०.२० अंक, जीवन बीमा २४.३१ अंक, निर्जीवन बीमा १४.१४ र व्यापार समूह १८.५७ अंकले बढेको छ। तर, कारोबार रकम भने ह्वात्तै घटेको छ। अघिल्लो दिन १ अर्ब २६ करोड बढीको सेयर किनबेच भएको थियो । तर, सोमबार भने कारोबार रकम ९८ करोड ८६ लाख २८ हजार रुपैयाँमा सिमित भएको छ । सोमबार कुल ३६ लाख ७० हजार ७३१ कित्ता सेयर किनबेच भएको हो ।आज सबैभन्दा धेरै सेयर कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । आज बैंकको ७ करोड ३१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।यस्तै, सोल्टी होटेलको ४ करोड ९८ लाख ७ हजार, आइएमई लाइफको ३ करोड ८४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।सोमबार कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ७७ रुपैयाँ १० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ८४८ रुपैयाँ ३० पैसा पुगेको छ ।यस्तै, लक्ष्मी सनराइज बैंकको सेयर मूल्य ४.७१ प्रतिशत, सिटी होटेलको ४.४८, न्यादी हाइड्रोपावरको ४.२३ प्रतिशतले बढेको छ ।आज गुमाउनेमा भने स्वाभिमान लघुवित्त, मनाकामना स्मार्ट लघुवित्त मिर्मिरे लघुवित्त लगायतका लगानीकर्ता छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद