Media Network

१७ अंकले बढ्यो नेप्से, पाँच अर्ब भन्दा बढीको कारोबार


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौँ।साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज १७ दशमलव ९२ अंकले बढेर २१ सय ४३ दशमलव ७६ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ सेन्सिटिभ पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ११ दशमलव ३३ अंकमा चढ्न सफल भएको छ । दुई सय ५९ वटा कम्पनीहरुको ७१ हजार आठ सय १६ पटकको कारोबारमा आज एक करोड २५ लाख ८१ हजार नौं सय ८२ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम पाँच अर्ब चार करोड सात लाख ४० हजार नौंं सय ३७ रुपैंयाँ पुग्न सफल भएको छ । 

आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंंक र अन्य समुहको सुचक घटेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र टे«डिङ समुहहरुको सुचक उच्च अंकले बढेर हरियो भएको छ । 

आज चन्द्रागिरी हिल्स लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाईड्रो पावर लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड, नेपाल एसबिआई बैंकको ऋणपत्र, मिथिला लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल पुर्नबीमा कम्पनी, एनआईसी एशिया बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद