Media Network

१८ अंकले घट्दा एक अर्ब ७१ करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौँ।नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार भने १८ दशमलव तीन अंकले घटेर दु्ई हजार ३९ दशमलव ५४ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ अंकले घटेर तीन सय ९४ दशमलव ५१ अंकमा खुम्चिएको छ ।

आज नेप्सेमा दुई सय १९ वटा कम्पनीहरुको ३२ हजार नौं सय ४४ पटकको कारोबारमा ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ रुपैंयाँ कायम भएको छ । 


नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, उत्पादनमुलक, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुुचक घटेर नेप्से पुरै रातो भएको छ । 


कारोबार भएका कम्पनीहरु मध्ये आज अपरहेवा खोला हाईड्रो पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, जाल्पा लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने मैलुङ खोला जलबिद्युत कम्पनी, कुमारी धनबृद्धि योजना, गणपती लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमाल दोलखा हाईड्रो पावर कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, अरुण कावेली पावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद