Media Network

१८ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

१० बैशाख २०८०,आईतवार

काठमाडौं।नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १८ दशमलव ८० अंकले घटेर १८ सय ८५ दशमलव ६० अंकमा झरेको छ । सेन्सिटिभ पनि आज चार प्रतिशतले घटेर तीन सय ५९ दशमलव १३ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा मध्ये होटल तथा पर्यटन समुहको सुचक बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक घटेर रातै भएको छ । 

आज सनराईज ब्लुचीप फण्ड, कालिञ्चोक दर्शन लिमिटेड, मुलुङ हाईड्रोपावर लिमिटेड आदिको सेयर मुल्य बढेको छ भने सनराईज इक्विटी फोकस फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, एनआईसी एशिया ग्रोथ फण्ड आदिको सेयर मुल्य घटेको छ । मुलुङ हाईड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, तारागाउँ रिजेन्सी होटल, कालिञ्चोक दर्शन लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद