Media Network

३१ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ५६ लाख ३ हजार १७९ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज गत दिनको तुलनामा कारोबार रकम भने घटेको छ ।

त्यस्तै, आजको कारोबारमा ईमर्जिङ नेपाल लिमिटेड, नेपाल बैंक डेबेन्चर२०७८ र स्केलिस हाइड्रोपावर लिमिटेडले सर्वाधिक नाफा कमाएको छ भने हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७।६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ ।

थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद