Media Network

अलौकिक सुन्दरतासंगै बलियो प्रतिरक्षा : एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु अब बजारमा


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

काठमाडौं।घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यसकारण  भित्री र बाहिरी दुवै भित्ताहरुमा समस्या आउन सक्छ ।

एशियन पेन्ट्सद्वारा हालसालै ७ अप्रिल, २०२३ मा होटल सोल्टी, काठमाडौंमा आयोजना गरिएको एक समारोहमा २००+ डिलरहरुको माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ, जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ ।

अरु दुई उत्पादन रोयल प्ले समुह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ । यी रोयलप्ले समुहका उत्पादनहरुले चाहिँ तपाइको घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ ।  

सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो ईटाहरु, ढुङ्गाहरु र क्लेटायलहरुको  लागि अनुकूल छ र तपाईंको घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरि हाइड्रोलक एक अर्को पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन हो जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ ।
रोयलप्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्लइफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउने छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद