Media Network

१६ अर्ब ६६ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१४ कार्तिक २०७९,सोमबार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । मंगलबार अर्थात् कात्तिक १५ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । 

बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद