Media Network

१८ अर्ब रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दे नेपाल राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

२९ माघ २०७९,आईतवार

काठमाडौ।नेपाल राष्ट्र बैंकले पुन १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  भोलि सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

 

फागुन दुई गते जारी मिती रहेको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन दिन सक्ने छन् । कुुल टे«जरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँको रहेको छ । यिट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०७९ फागुन ३० गते, २०८० जेठ दुई गते र २०८० साउन ३० गते तोकिएको राष्ट्र बैंकको भनाई छ । 

भोलि बिक्री हुने उक्त ट्रेजरी बिलहरु मध्येमा २८ र ९१ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने पुरानो नविकरण अन्र्तगतको नै रहेको छ । यसअघि यही माघ २३ गते पनि २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री भएको थियो ।        


Share:
Reaction :
ताजा समाचार
खेलकुद