Media Network

३० अर्बको रिपो निष्कासन गर्दा ४१ अर्बको आवेदन


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं।नेपाल राष्ट्र बैंकले बिहीबार निष्कासन गरेको ३० अर्ब रुपैयाँ बराबरको रिपोमा ४१ अर्ब ५५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउन खोज्दा अधिक माग आवेदन परेको हो ।

बैंकिङ प्रणालीमा असोज महिना लागेपछि निक्षेपमा केही सुधार आएको थियो । तर, असोज महिनाको अन्तिममा आएर पुनः निक्षेप अस्वभाविक रुपमा घट्न थालेको छ । बैंक वित्तीय संस्थावाट निक्षेप घट्न थालेपछि केन्द्रीय बैंकले तरलता प्रबाह गर्न ३० अर्बको रिपो जारी गरेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको रिपोमा अधिक र न्यूनतम ब्याजदर घटेर आवेदन परेको छ । तर, औसत ब्याजदर भने यसभन्दा अघिको सात दिने रिपोको तुलनामा केही बढेको छ ।

बिहीबार रिपो खरिदका लागि धेरै ब्याजदर अफर गर्नेले ८.५२ प्रतिशत अफर गरेका छन । यो ब्याजदर यसभन्दा अघि भदौ ३० गते निष्कासन भएको सात दिने रिपोमा तुलनामा कम हो । सो दिन बैंकहरुले रिपोका लागि ८.५३ प्रतिशत बोल गरेका थिए । त्यसैगरी गत भदौ ३० गते न्यूनतम ८.३४ ब्याजदर अफ गरेका बैंकहरु वित्तीय संस्थाले बिहीबार ८.३० मात्र बोल गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको सात दिने रिपोको औसत रेट ८.४४५७ प्रतिशत कायम भएको छ । यसभन्दा अघि अर्थात गत भदौ ३० गतेको सात दिने रिपोको औसत रेट ८.४४५५ प्रतिशत कायम भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद