Media Network

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो ।बैंकद्धारा जारी सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर १८ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मंसिर १९ गते हुनेछ ।
यसअघि केन्द्रीय बैंकले मंसिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद