Media Network

भिभोले ल्यायो नयाँ अफर, यस्ता छन् फाइदा


खबरस्टोरी संवाददाता

२२ पुष २०८०,आईतवार

काठमाडौं । भिभोले नयाँ वर्ष विशेष अफर सार्वजनिक गरेको छ । भिभोले अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको हो ।  
यो विशेष अफरहरू जनवरी ५ देखि ११ जनवरीसम्म दराज नेपालमा मात्र लागू हुनेछन् । यस अफरमा धेरै स्मार्टफोनहरु समावेश गरिएका छन् । जसमध्ये १३ हजार ५९९ शुरुवाती मुल्य रहेको भिभो वाई१एस (२+३२ जीवी)  ९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।
२३ हजार ९९९ रुपैयाँ शुरुवाती मुल्य रहेको भिभो वाई२०एस (४+१२८ जीवी), १४ हजार ९९९ मा उपलब्ध हुनेछ । २५ हजार ४९९ शुरुवाती मुल्य रहेको वाई२२एस (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य १७ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । भी सिरिजकै सबैभन्दा उत्कृष्ट स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल ३१ ह्जार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
यस स्मार्टफोनको शुरुवाती मुल्य ३९ हजार ९९९ रहेको थियो । त्यसैगरि, ५२ हजार ९९९ शुरुवाती मुल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल निकै सुलभ मुल्य ४१ ह्जार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ ।
यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरु ल्याएको छ । ग्राहकहरुले १५ हजार रुपैयाँ मुल्य भन्दा कमको स्मार्टफोन मोडेलहरुको खरिदमा बोतल प्राप्त गर्नेछन् । १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँ मुल्य दायराको स्मार्टफान खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्नेछन् ।
त्यस्तै, निकै आकर्षक पुरस्कारहरू प्रदान गर्दै २० हजार रुपैयाँदेखि र  ३५ हजार रुपैयाँबीचको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरुले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् । ३५ हजार रुपैयाँ भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्नेछन् । दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा ५०० देखि १००० रुपैयाँका भाउचरहरू उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा अझ आकर्षण थपेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद