Media Network

भिजन लुम्बिनी ऊर्जाको आईपीओ बाँडफाँट


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् ।

बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख ५६ हजार ९२७ आवेदक योग्य ठहरिएका थिए । तीमध्येबाट गोलाप्रथा गरी आईपीओ बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । ९ लाख ४९ हजारको हात खाली भएको छ ।

यसको नतिजा ‘आईपीओरिजल्ट डट् सीडीएससी डट्कमडट् एनपी’बाट हेर्न सकिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद