Media Network

भोलि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी


खबरस्टोरी संवाददाता

२६ माघ २०७९,बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शुक्रबार) दिउँसो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षा गर्नको लागि भोलि बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बोलाएको राष्ट्र बैंकले बताएको छ । सञ्चालक समितिको बैठकपछि  दिउँसो अर्धवार्षिक समीक्षा सार्वजनिक गरिनेछ ।

बैंकहरुमा निक्षेप वृद्धि हुँदै गएपनि अहिले ऋणको मागमा भने कम छ । बजारमा तरलता बढेपनि ब्याज  घटेको छैन ।

उद्योगी र व्यवसायीले भने ब्याजदर घट्नु पर्ने र ऋणको पुनर्तालिकीकरणका लागि समय दिनुपर्ने भनिरहेका छन् । अर्थमन्त्रालय पनि व्यवसायीका मागको कुरामा सकारात्मक नै छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद