Media Network

भन्सारका हाकिमसँग अर्थमन्त्री महतले मागे आयात–निर्यातको प्रगति प्रतिवेदन


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७९,सोमबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरूसँग भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण खोजेका छन्। सोमबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात–निर्यातको प्रगति प्रतिवेदन खोजेका हुन् । 

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारणसमेत खोजेका छन् ।

कुन भन्सार नााकाबाट कस्ता प्रकृतिका वस्तु आयात–निर्यात भइरहेको छ त्यसको तथ्यांक पनि अर्थमन्त्रीले मागेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका भन्सारमा राजश्व चुहावट भएको खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिनुपर्नेमा उनको जोड थियो ।

अर्थमन्त्रीले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरू आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रेकडाउन मलाई चाहियो ।’

भन्सारमा उद्योगी व्यवसायीलाई अनावश्यक दुःख नदिन महतले भन्सार कर्मचारीलाई आग्रह गरेका छन् । भन्सार नाकाबाट नै विभिन्न सामान चेकजाँच नगरी भित्रिएकोबारे उनले भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद