Media Network

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी


खबरस्टोरी संवाददाता

१७ मंसिर २०८०,आईतवार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले राजधानी बाहिरका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन तयारी थालेको छ ।

प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी थालेको हो । नेपाल सरकारले पनि प्राधिकरणलाई प्रक्रिया अगाडि बढाउन सहमति दिइसकेको छ।

केहि समयअघि मात्रै सञ्चालनमा आएका यी दुई ठुला नयाँ विमानस्थल सञ्चालनमा नै व्यवस्थापकीय पाटो र आर्थिक पाटो दुवै नै खस्कदो अवस्थामा पुगेपछि प्राधिकरणले सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाउने तयारी गरेको हो ।

‘अहिलेको यहि संरचनाले विमानस्थल सुधार हुने देखिएन, अब अन्तर्राष्ट्रिय मोडलमा नेपालका विमानस्थल सञ्चालनमा लैजाने तयारी हो,’स्रोतका अनुसार भारतमा सञ्चालनमा रहेको जीएमआर मोडलमा प्राधिकरणको चासो देखिन्छ ।


जीएमआर समूहले दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल र हैदराबाद अन्तर्राष्ट्रिय विमानस्थलदेखि उत्तरी गोवाको मोपामा ग्रीनफिल्ड एयरपोर्ट र आन्ध्र प्रदेशको भोगपुरम, विजयनगरममा अन्तर्राष्ट्रिय ग्रीनफिल्ड एयरपोर्ट समेतमा काम गर्दै आएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँ लागतमा निर्माण भएको विमानस्थल सञ्चालनका प्राधिकरणले जीटूजी मोडलमा अन्तर्राष्ट्रिय कम्पनीलाई दिने तयारी गरेको थियो। तर पछि आएर प्राधिकरण नेतृत्वले त्यसबाट हात झिकेको थियो। अहिले पुनः प्राधिकरणले दुईवटै विमानस्थल निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाउन लागेको हो।


यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गरि हाल अन्तर्राष्ट्रिय उडानसमेत भइसकेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद