Media Network

भारतबाट आयो इन्धनको नयाँ मूल्य सूची


खबरस्टोरी संवाददाता

३० कार्तिक २०७९,बुधबार

काठमाडौँ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बुधबार (नोभेम्बर १६) मा पठाएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य बढेको छ । डिजेलको मूल्य भने घटेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ, डिजेलको चाहिँ प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको छ ।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय ७८ रुपैयाँ छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा भएको हो । 

चुनावी रौनकतासँगै पेट्रोलको खपत बढेको छ । गत वर्ष असोज महिनाको तुलनामा यो असोजमा पेट्रोलको खपत २८ प्रतिशतले बढेको छ । २०७८ असोजमा ४६ हजार ३ सय ५३ किलोलिटर बिक्री भएको पेट्रोल २०७९ असोजमा ५९ हजार १ सय ८१ किलोलिटर बिक्री भएको निगमले जनाएको छ । कात्तिकमा पनि खपत बढ्दो क्रममा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद