Media Network

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ। 

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो। 

नेपालमा बिक्री मूल्य घटाउनेबारे निगमले कुनै निर्णय लिइसकेको छैन।


Share:
Reaction :
ताजा समाचार
खेलकुद