Media Network

भारतका चर्चित सेयर व्यापारी राकेश झुनझुनवालाको निधन


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं । भारतका चर्चित सेयर व्यापारी राकेश झुनझुनवालाको निधन भएको छ ।६२ वर्षको उमेरमा झुनझुनवालाको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिरामी भएर अस्पताल भर्ना भएका झुनझुनवालालाई मुम्बईको ब्रीच अस्पतालले २ हप्ताअघि डिस्चार्ज गरेको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान पौने ७ बजे उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो । अस्पतालले झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद