Media Network

भारतले नेपालबाट ४५० मेगावाटभन्दा बढी बिजुली आयात गर्ने


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०८०,बिहीबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच महत्त्वपूर्ण सम्झौताहरू भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई देशका प्रतिनिधिमण्डलबीचको छलफलबाट आफूहरूले पार्टनरसिपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णयहरू लिइएको उनले बताए ।

उनले समकक्षी प्रचण्डसँगको छलफलमा ट्रान्जिट सम्झौता सम्पन्न भएको बताए । यसबाट नेपाली जनतालाई नयाँ रेलमार्गका साथ सामुद्रिकमार्गको सुविधा पनि उपलब्ध गराइएको उनले जानकारी दिए ।

“वीरगन्जमा पहिलोपटक नेपालको आईसीपी बन्यो । क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बन्यो । बर्डगेज रेल लाइन स्थापना भयो । सीमामा नयाँ ट्रान्समिसन लाइन स्थापना भयो । अब हामी नेपालबाट ४५० मेगावाटभन्दा बढी बिजुली आयात गरिरहेका छौँ,” उनले भने ।

“आज हामीले भविष्यमा हाम्रो पार्टनरसिप सुपरहिट बनाउन धेरै महत्त्वपूर्ण निर्णय लिएका छौँ । आज ट्रान्जिट सम्झौता भएको छ,” उनले भने, “रेलमार्गको साथ नेपाली जनताले समुद्रमार्गको सुविधा पनि पाउन सहज भएको छ ।”

नौ वर्षअघि पहिलोपटक आफू प्रधानमन्त्री भएको तीन महिनाभित्र नेपाल भ्रमण गरेको भन्दै उनले आफूले नेपाल–भारतबीच सीमाका कारण सम्बन्धमा दरार नआउने गरी काम गरेको जिकिर गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद