Media Network

भारतमा अमेरिकाको सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी


खबरस्टोरी संवाददाता

२९ भाद्र २०८०,शुक्रबार

काठमाडौँ।पछिल्लो समयमा भारत प्रत्यक्ष वैदेशिक लगानी भित्राउने मुलुकहरुको सूचीमा अग्रस्थानमा आउने गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा भारतमा अमेरिकाले सर्वाधिक प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) गरेको हो ।

भारतीय केन्द्रीय बैंक– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा एफडीआई मार्फत लगानी गर्ने देशहरुको सूचीमा शीर्षस्थानमा अमेरिका रहेको छ । यस्तै दोस्रो स्थानमा मौरीसीयस र तेस्रो स्थानमा बेलायत छ । आर्थिक वर्ष २०२२÷२३ मा अमेरिकाले भारतमा ८ लाख ५८ हजार ११६ करोड भारु लगानी गरेको छ । जुन भारतले एफडीआई मार्फत भित्र्याएको लगानीको कुल १७.२ प्रतिशत हिस्सा हो ।

दोस्रो स्थानमा रहेको मौरीसीयसले सोही आवमा भारतमा ७ लाख ४३ हजार ७८१ करोड भारु लगानी गरेको छ । जुन कुल प्रत्यक्ष वैदेशिक लगानीको १४.९ प्रतिशत हो । यस्तै तेस्रो स्थानमा सूचीकृत भएको बेलायतले ७ लाख ८ हजार ७३२ करोड भारु एफडीआई मार्फत लगानी गरेको हो ।

पछिल्लो समयमा भारतले वैदेशिक लगानीकर्ता भित्र्याउन वेदेशिक लगानीको वातावरण सहज बनाउँदै गएको छ । यस्तै लगानीकर्ताको लगानी सुरक्षा प्रत्याभूति दिलाउन नीतिगत कदम चालेको छ । जसकारण भारतमा लगानी गर्ने देशहरुको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ । भारतले यी तीन देश बाहेक सिंगापुर, नेदरल्यान्डस, जापान, स्वीजरल्यान्ड, जर्मनी, फ्रान्स, दक्षिण कोरिया र अन्य विभिन्न देशहरुबाट एफडीआई प्राप्त गरिरहेको छ ।

आर्थिक वर्ष २०२२÷२३ मा सिंगापुरले भारतमा ६ लाख ५९ हजार १६ करोड भारु लगानी गरेको छ भने नेदरल्यान्डस्ले ५ लाख ३२७ करोड लगानी गरेको छ । जापानले ३ लाख ९८ हजार ९५५ करोड, स्वीजरल्यान्डले २ लाख ६९ करोड ८३५ करोड भारु, जर्मनीले १ लाख ६४ हजार ७ करोड भारु, फ्रान्सले १ लाख १४ १४ हजार २२५ करोड र दक्षिण कोरियाले ९८ हजार ५१० करोड लगानी गरेको छ । यी बाहेकका अन्य देशहरुले भारतमा ४ लाख ७७ हजार ८६६ करोड भारु लगानी गरेका छन् ।

भारतका लगानीकर्ताहरुले समेत अन्य देशहरुमा लगानी गर्ने गरेका छन् । विशेषतः कर व्यवस्था सहज भएका देशहरुमा भारतको लगानी रहेको छ । आरबीआईले सार्वजनिक गरेको प्रतिवेदनमा भारतले बाह्य प्रत्यक्ष लगानी मार्फत सिंगापुरमा सर्वाधिक लगानी गरेको छ ।

आर्थिक वर्ष २०२२÷२३ मा भारतले सिंगापुरमा २ लाख ३ करोड २३३ करोड भारु लगानी गरेको छ । यस्तै अमेरिकामा १ लाख २४ हजार १२३ करोड, बेलायतमा १ लाख १६ हजार ३९८ करोड, नेदरल्यान्डस्मा १ लाख ६ करोड ३९५ करोड, युएईमा ८७ हजार ४५९ करोड, मौरीसीयसमा ७६ हजार ८८१ करोड, स्वीजरल्यान्डमा २८ हजार २२८ करोड, र्बमुडामा १२ हजार ५८२ करोड, जर्सीमा ११ हजार ६६१ करोड भारु, साइप्रसमा ९ हजार ९८५ करोड र यी बाहेकका अन्य देशहरुमा १ लाख ३४ हजार १२४ करोड लगानी गरेको छ ।

भारतमा एफडीआई मार्फत लगानी गर्ने अधिकांश देशहरु सम्पन्न देशहरु रहेका छन्। तथापि भारतले प्रत्यक्ष बाह्य लागनी मार्फत लगानी गरेका देशहरु विकासोन्मुख अवस्थाका छन् । भारतले कर व्यवस्था सहज भएका देशहरु जस्तै र्बमुडा, साइप्रसमा आफ्नो लगानी बढाउँदै गएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद