Media Network

भदौ २६ गतेदेखि नयाँ नोट बजारमा


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौँ।नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकले भदौ २६ गतेदेखि नयाँ नोट बजार पठाउने भएको छ। दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको हो ।

यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराइने तयारी भइरहेको छ। 

गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो । प्रतिव्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेको थियो। भने यसपालि कुनै सिमा तोकेको छैन।

गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद