Media Network

बजारमा हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौँ।हिमालयन डिष्टिलरीले ओक सिरिजअन्तर्गत सिल्भर ओक नामक हृवाइट स्पिरिटमा नयाँ ब्राण्ड बजारमा ल्याएको छ ।

नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने पनि कम्पनीले बताएको छ ।

गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यसअघि नै कम्पनीले बजारमा ल्याइसकेको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीलाई प्रतिनिधित्व गर्दै आएको कम्पनीको भनाइ छ ।

उपभोक्ता केन्द्रित इन्नोभेसनमा मजबुतीका साथ कार्य गर्ने गरेको कम्पनीका सीईओ निरज सुवेदीले बताए ।

सिल्भर ओकले उपभोक्तालाई छुट्टै स्वादसँगै बजारमा कम्पनीको उपस्थितिलाई उल्लेखीय बनाउने उनको भनाइ छ ।

उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ईएनए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको कम्पनीले बताएको छ ।

सिल्भर ओकलाई स्मुथ फिनिशिङका लागि क्राफ्ट गरिएको छ । हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ

Share:
Reaction :
ताजा समाचार
खेलकुद