Media Network

बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप ५० खर्ब ९० अर्ब


खबरस्टोरी संवाददाता

४ श्रावण २०७९,बुधबार

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५० खर्ब ९० अर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन दुई गते अर्थात सोमबारसम्ममा सञ्चालनमा रहेका २६ वटा बाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् । 

यस अवधिमा बाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम भने ४४ खर्ब ८१ अर्ब रुपैंयाँ रहेको छ । यसैगरी बिकास बैंक र फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम भने छ खर्ब नौं अर्ब रुपैंयाँ रहेको छ । 

राष्ट्र बैंकका अनुसार सोमबारसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४६ खर्ब ९६ अर्ब रुपैंयाँ पुगेको छ । सो अवधिमा बाणिज्य बैंकहरुले मात्र ४१ खर्ब ६५ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन भने बिकास बैंक फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा रकम पाँच खर्ब ३१ अर्ब रुपैंयाँ रहेको छ । 

यता बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एशोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार भने आर्थिक बर्ष २०७८–०७९ सम्ममा बाँणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैंयाँ पुगेको छ । 

अघिल्लो आ.व.मा भने बैंकहरुको यस्तो निक्षेप ४१ खर्ब १२ अर्ब रुपैंयाँ रहेको थियो । एसोसिएसनका अनुसार बाणिज्य बैंकहरुको कुल कर्जा रकम पनि आव २०७८–०७९ मा ४१ खर्ब ७४ अर्ब रुपैंयाँ पुगेको छ । 

यो कर्जा अघिल्लो आवको तुलनामा १४ दशमलव ३९ प्रतिशले बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो कर्जा रकम ३६ खर्ब ३९ अर्ब रुपैंयाँ रहेको थियो ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद