Media Network

बैंक तथा वित्तीय संस्थाले चौबीसै घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

काठमाडौ । बैंक तथा वित्तीय संस्थाले चौबीसै घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी सेवामा आउने कठिनाइमा सेवाग्राहीको गुनासो सुन्न कम्तिमा २४ घण्टा र कार्डसम्बन्धी समस्या समाधान गर्न चौबीसै घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने बताएको छ ।

यस्तै प्रत्येक संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर र इमेल ठेगाना कम्पनीको वेबसाइटमा राख्नुपर्नेछ । प्रविधिको कारोबारसँगै नगदरहित कारोबार विश्वासिलो र पारदर्शी हुँदै गएको राष्ट्र बैंकले भनेको छ । कुनै समस्या भए हेल्प डेक्समा सम्पर्क गर्न पनि उसले आह्वान गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद