Media Network

बैंकको ब्याजदर नबढ्ने


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौँ।कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

 अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । जसअनुसार बैंकहरुले असोज महिनाका लागि आफुखुशी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए । 

बढेको ब्याजदर अनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पुर्याएको र कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको भन्दै यता उद्योग व्यवसायीहरुले विरोध जनाइरहेका छन् ।

उसो त बैंकहरुले ब्याजदर बढाएपछि आक्रोशित भएका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ११ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका थिए । तर, उक्त समितिले ब्याजदर वृद्धि जायज भएको भन्दै बजार महँगी (मुद्रास्फीति) लाई नियन्त्रणमा राख्न पनि ब्याजदर वृद्धि गर्नु उचित भएको रिपोर्ट बुझाएको थियो । 

अन्ततः ब्याजदर घटाउन सरकारले कसरत गरेपनि नघट्ने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद