Media Network

बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जानेछौं: प्राधिकरण


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको स्पष्ट पारेको छ ।डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् ।

प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको कुलमानले जनाए। उनले बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशस् बिजुली काट्दै जाने जाने रणनीतिमा प्राधिकरण रहेको बताए ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको ६१ वटा उपभोक्ताको मंसिर २०८० सम्म २२ अर्ब २४ करोड बक्यौता रहेको छ । यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको छ । जसको मात्र बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ हुन्छ कुलमानले भने ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद