Media Network

बिमा समितिले कोरोना बिमा रकम भुक्तानी बारे अर्थमन्त्रालयसँग छलफल गर्ने


खबरस्टोरी संवाददाता

२३ आश्विन २०७९,आईतवार

काठमाडौं । कोरोना बीमाका १ अर्ब रुपैयाँ बीमा समितिको खातामा जम्मा भएको छ । गत महिना मन्त्रिपरिषद्को बैठकले त्यसका लागि रकम निकासा गरेको थियो।

सरकारले कोभिडको दाबी भुक्तानी बापत निकासा गरेको एक अर्ब रुपैयाँ समितिमा आइसकेको छ। वितरण गर्न समितिले अर्थ मन्त्रालयसँग पुनः छलफल गरेर मात्रै कसरी वितरण गर्ने भन्ने योजना बनाउने भइरहेको छ ।

लामो समयदेखि बीमितले कोभिड दाबी भुक्तानी पाएका छैनन। सरकारले ११ अर्ब ४३ करोड रुपैयाँ कोभिड दाबी भुक्तानी रकम तिर्न बाँकी छ। 

कोभिड बीमा मापदण्ड अनुसार साढे ३ अर्ब रुपैयाँभन्दा माथिको रकम सरकारको दायित्व हो। बीमा कम्पनीहरुले आफ्नो दायित्वमा परेको रकम वितरण गरिसकेका छन्।

जसमा अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीका तर्फबाट संयुक्तरूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरेका थिए। कोभिड दाबी भुक्तानीको लागि १ लाख ३८ हजार २ सय ५१ जनाको दाबी परेको थियो। पछिल्लो समय कोभिड दाबी भुक्तानी पाउनेको संख्या दाबीकर्तामध्ये आधा पनि छैन।

हाललाई आधा बीमितहरुलाई समेत भुक्तानी गर्न नपुग्ने हुँदा के कसरी बाड्न सकिन्छ भन्ने बिषयमा समिति र अर्थमन्त्रालयबीच एक चरणको छलफल पछि टुगों लाग्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद