Media Network

बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलायो, आवेदन दिन ३५ दिने म्याद


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौ । बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुलाएको छ । समितिले शुक्रबारदेखि ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न सूचना जारी गरेको छ । 

तीन वटा जीवन र ४ वटा निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । अहिले प्रस्ताव पेश गर्न प्रस्तावकले जीवन निर्जीवन उल्लेख गरेर राख्न सक्नेछ । प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय रहने गरि प्रस्ताव पेश गर्नु पर्ने समितिले जनाएको छ । न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याई बीमाको विकास तथा विस्तार गर्न र नेपाल सरकारको आ।व। ०७९।०८० को बजेट वक्तव्यको बुँदा नं. ३२७ मा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी बुँदा कार्यान्वयन गर्ने क्रममा लाइसेन्स आह्वान गरिएको समितिले जनाएको छ ।

समितिले सार्वजनिक सूचना आह्वान गर्दै बढीमा ७ वटा (३ जीवन तथा ४ निर्जीवन) लघु बीमा कम्पनीको स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।आजको यो सूचना प्रकाशित भएको मितिले पैँतीस औ दिनको १२ बजेभित्र बीमा समितिको नाममा सम्बोधन भएको सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी दर्ता गर्नुपर्नेछ ।

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँमा नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद