Media Network

बीमा समितीले थप सात वटा नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौँ। बीमा समितीले थप सात वटा नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने भएको छ । समितीको आज शुक्रबार सार्वजनिक सुचना जारी गर्दे थप सात वटा नयाँ लघुबिमा कम्पनी सञ्चालन गर्नको लागि इच्छुक व्यक्ति तथा संस्थाहरुको प्रस्ताव माग गरेको हो । 

समितीको अनुसार आज अर्थात यही भदौ १० गतेको मितीले ३५ दिन भित्रमा नयाँ बीमा कम्पनी खोल्नको लागि प्र्रस्ताव पेस गरिसक्नु पर्ने छ । प्रस्तावित नयाँ लघुबिमा कम्पनीहरुको चुक्ता पुंजी ७५ करोड रुपैंयाँ हुनुपर्ने छ भने कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुने छ । समितीका अनुसार न्युन आय भएका तथा लक्षित बर्र्गका जनतामा बीमाको पहुंच पुर्याई बीमाको बिकास र बिस्तार गर्नको लागि आर्थिक बर्ष २०७९–०८० को बजेटको बुंदा ३२७ अनुसार लघुबिमा कम्पनीहरु सञ्चालनको लागि प्रस्ताव माग गरिएको हो । नयाँ बीमा कम्पनीहरु सञ्चालन गर्नको लागि प्रस्ताव पेस गर्ने व्यक्ति तथा संस्थाहरुको कुनै पनि किसिमको कालोसुचीमा नपरेको हुनुपर्ने प्रावधान रहेको छ । 

हाल नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा, १९ वटा निर्जिवन बीमा र दुई वटा पुर्नबीमा सहितका ४० वटा बीमा कम्पनीहरु रहेकोमा समितिले थप सात वटा लघुबिमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुमती दिएपश्चात नेपालमा कुल बीमा कम्पनीहरुको संख्या ४७ वटा पुग्ने छ । सो अनुसार  जीवन बीमा कम्पनीहरुको संख्या २२ वटा र निर्जिवन बीमा कम्पनीहरुको संख्या २३ वटा र  निर्जिवन बीमा कम्पनीहरुको संख्या दुई वटा हुने छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद