Media Network

बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा


खबरस्टोरी संवाददाता

१२ आश्विन २०७९,बुधबार

काठमाडौं।काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्टफाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो१८ औं शाखा संचालनमा ल्याएको छ ।

इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरि बैकिङ कारोवार शुभारम्भ गरिएको फाइनान्सले बताएको छ । उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आप्mनो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद