Media Network

बोटर्लस नेपालविरुद्ध सात अर्ब ४३ करोड जरिवानासहित मुद्दा दायर


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

काठमाडौँ। बोटर्लस नेपाल लिमिटेड बिरुद्ध सात अर्ब ४३ करोड जरिवाना सहित आरोपत्र दायर भएको छ । राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा शुक्रबार आरोपत्र दायर गरेको जानकारी दिएको छ । 

नेपाल स्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुवई स्थित कम्पनी कोका कोला साब्को एशियाको शत प्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ तद अनुसार बिसं २०७१ कात्तिक सात गते कोका कोला साब्कोले आयरलैण्ड स्थित यूरोपियन रिफ्रेसमेन्टलाई विक्री गरेको कारणबाट वोटलर्स नेपाल लिमिटेडमा रहेको निहित शेयर स्वामित्वमा परिवर्तन भै सोबाट कम्पनिको नियन्त्रणमा परिवर्तन भएको  देखिएको छ । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य रु. तीन हजार आठ सय ८३ रुपैयााँ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य रु. पाँच सय ३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा हुन आउने रकम तीन हजार तीन सय ४७ रुपैयाँ प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको देखिएको छ । 

सोहि आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको शेयर संख्या १४८४३०१ को बिक्री वापत जम्मा चार अर्ब ९६ करोड ७९ लाख ५५ हजार चार सय ४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५ प्रतिशतका दरले  एक अर्ब २४ करोड १९ लाख ८८ हजार आठ सय ६२ रुपैयाँ ऐ.ऐनको दफा ७ (१) वमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने तीन करोड ४१ लाख नौ सय ५० रुपैयाँ ऐ. दफा ११८ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने नौं करोड ७८ लाख छ हजार छ सय २२ रुपैंयाँ ऐ. दफा ११९ बमोजिमको व्याज १५ प्रतिशतका दरले हुने एक अर्ब १० करोड २२ लाख ६५ हजार एक सय १५ रुपैयाँ र ऐ.ऐनको दफा १२० (ख) बमोजिमको शुल्क एक अर्ब २४ करोड १९ लाख ८८ हजार आठ सय ६२ समेत गरी कुल कुल विगो तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार चार सय ११ रुपैयाँ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को उपदफा (छ१) बमोजिमको बिगो बराबरको राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको छ । 

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनिले ठूला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडीको आयकर ऐन २०५८ को दफा ५७ को प्रक्रया पूरा गरी आ.व. २०७१,०७२ को छुट्टाटुट्टै आय विवरण पेश नगरि तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को देहाय (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको छ । 

बिभागका अनुसार प्रतिवादीहरुमा काठमाडौं, का.म.न.पा. वडा नम्बर १६ बालाजु औधोगिक क्षेत्र स्थित बोटलर्स नेपाल  लिमिटेड, उक्त कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने शुक्ला वासम (अध्यक्ष), मेल्भििन तान चुन पिन (सञ्चालक), मोहम्मद अमिन (सञ्चालक), गौरव खोस्ला (सञ्चालक), देवब्रन्ता मुखर्जी (सञ्चालक), सुमन्ता दत्त (सञ्चालक), जोहार सोलाई (सञ्चालक) र संकेत राय (सञ्चालक) रहेका छन् । यसैगरी उक्त कम्पनीको प्रवन्ध निर्देशक एवं आर्थिक कारोबारमा संलग्ग व्यक्तिहरु प्रदिप पाण्डे (प्रर्वन्ध निर्देशक), पुनित चन्द्रपाल (प्रर्वन्ध निर्देशक), राजीव टण्डन (वित्त प्रर्वन्धक), भरत बाबु दाहाल (वित्त प्रर्वन्धक),  सुनिल गोयल (वित्त प्रर्वन्धक), अशोक कुमार मण्डल (फाईनान्स कन्ट्रोलर), डा. त्रिलोचन उप्रेती (बोर्ड डाईरेक्टर) र सञ्जिव कुमार मिश्र (चार्टड एकाउन्टेन्ट) रहेका छन् । 

बिभागका अनुसार ओफसोर कारोवार मार्फत बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरित ऐ, दफा ४ को (क) र (च) वमोजिम र सो ऐनको संसोधित व्यवस्थामा निरन्तरता दिइएको दफा ४(क) र (च) बमोजिम कार्य गरि राजस्व चुहावटको कसूर गरेको पुष्टि भएकोले प्रतिवादीहरु बोटलर्स नेपाल लिमिटेड,  शुक्ला वासम (अध्यक्ष), मेल्भििन तान चुन पिन (सञ्चालक), मोहम्मद अमिन (सञ्चालक), गौरव खोस्ला (सञ्चालक), देवब्रन्ता मुखर्जी (सञ्चालक), सुमन्ता दत्त (सञ्चालक), जोहार सोलाई (सञ्चालक) र संकेत राय (सञ्चालक)  लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) (संसोधित दफा २३(१)) बमोजिम बिगो रकम तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार चार सय ११ रुपैयाँ असुल गरी बिगोको शत प्रतिशत जरिवाना तीन अर्ब ७१ करोड ८१ लाख ५० हजारा चार सय ११ रुपैयाँ समेत गरी सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ मात्र रुपैयाँ ऐ.दफा २३ (१) (घ) बमोजिम कैद सजाय र दफा २३(४) बमोजिम ब्याज समेत असुल गर्न बिभागले निर्देशन दिएको छ । 

यसैगरी प्रतिवादीहरु प्रदिप पाण्डे (प्रर्वन्ध निर्देशक), पुनित चन्द्रपाल (प्रर्वन्ध निर्देशक), राजीव टण्डन (वित्त प्रर्वन्धक), भरत बाबु दाहाल (वित्त प्रर्वन्धक),  सुनिल गोयल (वित्त प्रर्वन्धक), अशोक कुमार मण्डल (फाईनान्स कन्ट्रोलर), डा. त्रिलोचन उप्रेती (बोर्ड डाईरेक्टर) र सञ्जिव कुमार मिश्र (चार्टड एकाउन्टेन्ट) लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२  को दफा ४(झ) र दफा २३(३) को कसुरमा ऐ. दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको  बिभागको भनाई छ ।  




Share:
Reaction :
ताजा समाचार
खेलकुद