Media Network

बुटवल पावरले प्रिमियम मूल्यमा एक करोड कित्ता आइपीओ ल्याउदैं


खबरस्टोरी संवाददाता

५ पुष २०८०,बिहीबार

काठमाडौँ । बुटवल पावर कम्पनीले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा कार्की बेंक्वेट, बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

लाभांश र एफपीओ जारी गर्ने मुख्य एजेण्डा बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओजारी गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ । सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले पुष १९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद