Media Network

ब्याजदर २ प्रतिशत भन्दा बढीले फरक नपार्न बैंक तथा वित्तीयसंस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन


खबरस्टोरी संवाददाता

५ मंसिर २०८०,मंगलवार

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीयसंस्थाहरुलाई ब्याजदरमा दुई प्रतिशतभन्दा बढीले फरक नपार्न सचेत गराएको छ । कर्जा लगानी र ब्याजदरको विषयमा एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकै प्रकारका कर्जाको ब्याजदर दुई प्रतिशत भन्दा बढीको फरक नपार्न सचेत गराएको हो ।

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरुबीच ब्याजदरमा अत्याधिक असमानता देखिएको राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकहरुकाबीच ब्याजदरमा अत्यधिक असमानता देखिएकोले यस्ता कर्जा प्रदान गर्दा ग्राहकको जोखिम विश्लेषण गरी २ प्रशितभन्दा बढीले फरक नपर्नेगरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्र कर्जा लिनुपर्ने बैंकले सर्वसाधारणलाई सचेत गराएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद