Media Network

चाडपर्व लक्षित बजारलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौँ। संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वका लागि देशभर सुपथ मूल्य पललाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

दशैँ, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको हो।

बैठकले दशैँका लागि घर जाने यात्रुहरुको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। 

दशैँ, तिहार, छठजस्ता चाड पर्वका बेला थप जनशक्तिहरु उपलब्ध गराएर, प्रविधिहरुलाई पनि जुटाएर बजार अनुगमन गर्ने कुराहरुलाई थप प्रभावकारी पर्ने त्यसैगरी सुपथ मूल्यका पसलहरुको पनि कुराहरु उठेका छन्। समितिका सदस्यहरुले कालोबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

बैठकमा समितिका सदस्यले चाडवाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद