Media Network

चाडपर्व लक्षित पसल भदौ अन्तिम सातादेखि खुल्ने


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं ।दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।

यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल सञ्चालन गर्नेछ ।

काठमाडौं उपत्यकाभित्रका चार स्थान थापाथली, सिंहदरबार, नख्खु र भक्तपुरको सूर्यविनायकबाटै खाद्यले सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । साल्ट्र ट्रेडिङले कालिमाटी, सतुङ्गल, जाउलाखेल, जडिबुटी र भक्तपुरबाट सुपथ पसलको सुविधा प्रदान गर्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद